site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुलुकलाई निकास दिन कांग्रेस–एमाले सहकार्यलाई हाम्रो साथ : अब्दुल खान

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताएका छन् ।

सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिनेगरी शल्यक्रिया गर्न नसक्ने भएकाले दुई ठूला दलको सहकार्य गरेर अघि बढ्ने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पारे ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको विपक्षमा बोल्दै उनले यस्तो बताएका हुन् । दुई ठूला दल कांग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले केही समयअघि नै गरेको अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरुले नयाँ सत्तासमीकरणलाई स्वागत गरेको उल्लेख गरे ।

"उपकरण छैन भने डाक्टर केही गर्न सक्दैन । त्यसकारण यो सरकारले केही गरेको छैन भन्ने होइन । प्राथमिक उपचार गरेको छ । अब चाहिएको छ शल्यक्रिया गर्न । देशको आवश्यकता शल्यक्रिया गर्नसक्ने खालको डाक्टर हो । यसको निम्ति हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष माननीय सीके राउतजीले यही रोष्ट्रमबाट तीन, चार महिना अगाडि भन्नु भएको थियो– ठूला दलहरू मिल्नुस, मिलेर देशलाई निकास दिनुस । वास्तवमा आज त्यही समय आएकाले हाम्रो पार्टीको निर्णय सम्माननीय प्रधानमन्त्रीज्यूले राख्नु भएको प्रस्तावको विपक्षमा मत दिने म घोषणा गर्दछु," उनले भने ।

सांसद खानले नेपाली जनताले चाहे अनुसारको काम वर्तमान सरकार गर्न नसकेको पनि बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro