site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेकपा एसले प्रमलाई भन्यो– देउवासँग सम्बन्ध राख्नुहोला, चार महिनापछि तपाईं पुनः प्रधानमन्त्री
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले चार महिनापश्चात प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्ने ग्यारेन्टी गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा बोल्दै पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई नचिढ्याउन सुझाव दिए ।

“आज जस्तो भए पनि नेपाली कांग्रेस सभापतिलाई दोषी कति पनि नदेख्नुहोला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला चार महिनामा परिस्थिति अनुकूल भइहाल्छ, सय प्रतिशत । आजको मितिबाट गनेर बसौँ चार महिनामा परिस्थिति अनुकूल तपाईंकै पक्षमा हुन्छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

उनले यति भनेपछि सदनमा हाँसो गुन्जेको थियो । उनले प्रचण्डलाई अब त मान्छे चिन्नुभयो होला नि भन्दै प्रश्न गरे । उनले आफ्नो दल हिजो, आज र भोलि सधैँ प्रचण्डको साथमा उभिने वचन पनि दिए ।

यता, उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई केपी शर्मा ओलीले पुनः संसद् विघटन गर्ने भन्दै त्यसको साक्षी नबस्नु अनुरोध गरे । साथै, चार महिनापश्चात आजको प्रधानमन्त्री प्रचण्डको हालत जस्तो होला है भन्दै सचेत पनि गराए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu