site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२९ अंकले बढ्यो नेप्से, ६ महिनायताकै उच्च मूल्यको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार २९.२१ अंकले बढेको छ । नेप्से १.३४ प्रतिशतले बढेर २२०४.६१ को विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार १५४ कम्पनीको सेयर मूल्य बढेको छ । ७८ कम्पनीको सेयर मूल्य घट्दा १२ को स्थिर छ ।

सबैभन्दा धेरै जीवन बिमा क्षेत्रको समूहगत परिसूचक ३.०६ प्रतिशतले बढेको छ । यस्तै, बैंकिङ समूहको समूहगत परिसूचक २.४२ प्रतिशतले बढेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स र व्यापार क्षेत्रको समूहगत परिसूचक मात्रै घटेको छ ।

बलेफी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४.५९ प्रतिशतले घटेको छ ।

बिहीबार दुई करोड दुई लाख ३७ हजार ७८० कित्ता सेयर सात अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार करिब ६ महिनायताकै उच्च हो । यसअघि गत माघ ७ गते सात अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro