site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
किन कोलम्बियन समर्थकसँग झगडामा उत्रिए उरुग्वेका डार्विन नुनेज ? 
तस्बिर : गेट्टी इमेजेज

काठमाडौं । कोपा अमेरिका–२०२४ को दोस्रो सेमिफाइनलपछि उरुग्वेका फरवार्ड डार्विन नुनेज कोलम्बियन समर्थकसँग हात हालाहाल गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । 

बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियासँग १–० ले पराजित भएपछि नुनेज कोलम्बियाका समर्थकसँग झगडामा उत्रिएका हुन् । सार्वजनिक भिडियोमा नुनेजले कोलम्बियाका समर्थकहरूमाथि मुक्का प्रहार गर्ने प्रयास गरिरहेको देखिन्छ । उरुग्वेको आउटलेट ‘एल पाइस’ का अनुसार यो घटना खेलाडीको परिवारका सदस्य र साथीहरू बस्ने क्षेत्र नजिकै भएको हो । नुनेजले यस घटनाबारे हालसम्म केही जानकारी सार्वजनिक गरेका छैनन् । 

Dabur Nepal
NIC Asia

भिडियोमा नुनेज प्याटापिटमा आक्रामक रूपमा समर्थकमाझ अघि बढिरहेको देखिन्छ । उनी कोलम्बियाका समर्थकलाई पिट्न झम्टिँदा केहीले भने नुनेजलाई रोक्ने प्रयास गरिरहेको देखिन्छ । उरुग्वेका कप्तान होसे मारिया खिमेनेले भने नुनेज आफ्नो परिवारको रक्षामा उत्रिएको बताएका छन् । उनले समर्थकको उक्त अवस्थालाई ‘विपत्ति’ को अवस्था भएको बताएका छन् । “त्यहाँ कुनै प्रहरी थिएनन् र हामीले आफ्नो परिवारको रक्षा गर्नुपर्ने अवस्था थियो । यो त्यहाँ भएका दुई–तीन जना व्यक्तिको गल्ती हो । जसले धेरै पिएका थिए र उनीहरूलाई कसरी पिउने भन्नेसमेत थाहा थिएन,” कप्तान खिमेनेले भने । 

समर्थकसँगको झगडापछि नुनेजले मैदानमा आफ्नो छोरोलाई अंगालो हालेको देखिएको थियो । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल)ले ‘फुटबललाई असर गर्ने कुनै पनि हिंसात्मक कार्यको कडा निन्दा गर्ने’ बताएको छ । “मैदानभित्र र बाहिर असहिष्णुता र हिंसाको लागि कुनै स्थान छैन,” कन्मेबोलले भनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro