site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्युरेक्स फार्माको फोलिक एसिड बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले काभ्रेस्थित क्युरेक्स फार्माको फोलिक एसिड ट्याब्लेट बिक्रीमा रोक लगाएको छ । कम्पनीको फोलिकेयर ट्याब्लेट नामक औषधिको ब्याच नम्बर 'टीईएस ०३२’ बिक्रीमा रोक लगाइएको हो । 

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा उक्त ब्याच न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । उक्त ब्याचका औषधि बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ ।

विभागले खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।

उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन निर्देशन दिइएको छ ।

dda-1720608060.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro