site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
SkywellSkywell
नेपालमा किन बढ्न सकेनन् चिनियाँ पर्यटक ?

नेपालमा चिनियाँ नागरिकहरू पर्यटककै रूपमा घुम्न आउन थालेको सन् २००३ देखिमात्रै हो । किनभने सन् २००३ मा मात्रै चीन सरकारले आफ्ना नागरिकलाई नेपालमा पर्यटक भई घुम्न दिने ‘एप्रुभ्ड डेस्टिनेसन’ (एक किसिमको सरकारी अनुमति) दिएको थियो । त्यसरी हेर्दा त छोटो अवधिमै ठूलो संख्यामा चिनियाँ नागरिक नेपालमा पर्यटकका रूपमा आउन थाले भन्न सकिन्छ । चीन सरकारले नेपाललाई 'स्वीकृत गन्तव्य' घोषित गरेको वर्ष नै ७ हजार ५६२ जना चिनियाँ नेपाल आएका थिए । 

त्यसको १० वर्षपछि अर्थात् सन् २०१३ मा लगभग ११ गुणाले बढी १ लाख १३ हजार १७३ जना चिनियाँ पर्यटकका रूपमा नेपालमा आएका थिए । त्यसरी नेपाल आउने चिनियाँ पर्यटकको संख्या लगातार बढेर सन् २०१९ मा सबैभन्दा धेरै १ लाख ६९ हजार ५४३ पुगेको थियो । तर, त्यसपछि यो संख्या लगातार बढ्न सकेन । सन् २०१९ को अन्त्यतिर चीनबाट कोरोना महामारी सुरु भयो ।

फलतः गएको ३ वर्ष (सन् २०२०, २०२१, २०२२ )मा नेपाललगायत विश्वभरि नै पर्यटन क्षेत्र धर्मरमयो । सन् २०१९ को अन्तिममा विश्वव्यापी भएको कोरोना (कोभिड–१९) महामारी विश्व स्वास्थ्य संगठनले सन् २०२२ मा मात्र औपचारिकरूपमा सकिएको घोषणा गरेपछि चीन सरकारले आफ्ना नागरिकलाई पर्यटकका रूपमा विदेश भ्रमण गर्न अनुमति दियो । त्यस क्रममा चीन सरकारले दुई चरणमा विदेश घुम्न जाने अनुमति दिएको थियो । चीनले पहिलो चरणमा सन् २०२३, पेब्रुअरी ६ तारिखदेखि विदेश भ्रमण गर्न योग्य देशका रूपमा २० वटा देश तोक्यो । चीनले आफ्ना नागरिकलाई पहिलो चरणमा भ्रमण गर्न योग्य भनेर तोकेको २० वटा देशमा

Dabur Nepal
NIC Asia

 थाइल्यान्ड, इन्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, संयुक्त अरब इमिरेट्स, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्विटजरल्यान्ड, हंगेरी, न्युजिल्यान्ड, फिजी, क्युबा अर्जेन्टिना थिए । चीन सरकारले दोस्रो चरणमा चिनियाँलाई विदेश भ्रमण गर्न योग्य देश तोक्दामात्र नेपाल पनि परेको हो ।

तैपनि सन् २०२३ मा हामीले अपेक्षा गरे जति चिनियाँ पर्यटक किन नेपाल भ्रमणमा आएनन् त ? यस सम्बन्धमा बेला छँदै गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।

सन् २०२३ को १२ महिनामा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्याको यस प्रकार देखिन्छ -

जनबरीमा १ हजार ४३६ जना, फेब्रुअरीमा २ हजार २६६ जना, मार्चमा २ हजार ६३५, अप्रिलमा ४ हजार ७७० जना, मेमा ४ हजार ६६७ जना, जुनमा ४ हजार ३४२ जना, जुलाईमा ५ हजार ५९३ जना, अगस्टमा ५ हजार २७ जना, सेप्टेम्बरमा ८ हजार १७४ जना, अक्टोबरमा ६ हजार ८८० जना,  नोभेम्बरमा ७ हजार ६०१ जना र डिसेम्बर महिनामा ७ हजार ३७० जना चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेको तथ्यांक छ ।

सन् २०२३ माभन्दा सन् २०२४ मा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या ३३–३५ देखि ३८–४० (बढीमा ४५) प्रतिशत बढ्ने अपेक्षा छ । सन् २०२४ को ६ महिनामा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्या ५४ हजार २५६ पुगेको छ । चीन र नेपालबीच तत्कालै हवाई उडान थप भएमा र अहिले नेपाल सरकारले हवाई टिकटमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाएमा पनि चिनियाँ पर्यटकको संख्या यही चालु वर्षमा पनि ६५–७० प्रतिशतसम्म बढ्ने संभावना छ ।

नेपालमा चिनियाँ पर्यटकको आकर्षण बढाउन चोङकिङ, साङघाई, बेइजिङ, छेङदु, ग्वाङझाओ, सेनझेन, तियानजिन, वुहान, सुझोउ, हार्बिनलगायतका चीनका धेरै जनसंख्या भएका ठूला सरहमा नेपालबाट सीधा हवाई उडानका लागि पहल गर्नु उचित देखिन्छ । त्यस्तै साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, एयर चाइना, हाइनान एयर, साङघाई एयर, सेनजेन एयर, सिचुआन एयर, सियामेन एयरलाइन्स जस्ता चिनियाँ एयरलाइन्सहरूलाई नेपाल र चीनका विभिन्न सहरबीच कम्तीमा साताको एक उडान गराउन पहल गर्नुपर्ने देखिन्छ ।

सके र संभव भएदेखि त चीन र नेपालका विभिन्न सहरबीच सातामै २२–२५ उडान भए अझ राम्रो हुन्छ । हुनत गएको १७ जनवरी, २०२४ देखि हिमालय एयरले चीनको राजधानी बेइजिङमा फेरि उडान सुरु गरिसकेको छ । त्यस्तै नेपाल एयरलाइन्सले पनि चीनको राजधानी बेइजिङ, गुइयाङ, चाङसा, सेनजेनलगायत सहरमा उडान गर्ने तयारी गरिरहेको भन्ने समाचार केही पहिले नै आइसकेको छ । तर पनि के कति कारणले हो अहिलेसम्म नेपाल एयरलाइन्सले ती गन्तव्यमा उडान गर्न सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu