site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
किशोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुईजना गेस्टहाउस सञ्चालक पक्राउ

कठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नाबालिका किशोरीहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिला सिंतान रहेका छन् ।

ब्युरोका अनुसार सुरुमा उनीहरूले भक्तपुरको जडीबुटीमा 'सिन्धुली होटल ढिडो सर्भिस एन्ड गेस्टहाउस'मा आर्थिक अवस्था नाजुक भएका बालिकालाई राम्रो आम्दानी हुने वेटरको काममा लगाइदिने आश्वासन दिएर काममा राख्थे । विस्तारै गेस्टहाउसमा आएका ग्राहकसँग बसेर खान लगाएर धेरै बिल उठाउने काममा लगाउने गरेको खुलेको छ ।

उनीहरूले संयुक्तरूपमा सञ्चालन गरेको गेस्टहाउसको कोठामा बालिकालाई राख्ने र ग्राहकको रोजाइमा बालिकालाई शारीरिक सम्पर्क राख्न लगाउने गरेको पाइएको ब्युरोले जनाएको छ ।

गेस्टहाउसमा आएका व्यक्तिहरूबाट प्रतिव्यक्ति एक हजारदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार गेस्टहाउसमा प्रयोग भएका तथा नभएका अस्थायी साधन, प्रेग्नेन्सी टेस्ट किट र गर्भ निरोधक औषधिसमेत फेला परेको छ ।

बालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको गोप्य सूचनाका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

ब्युरोले तीन बालिकालाई गेस्टहाउससबाट उद्धार गरेर सुरक्षित आवासमा राखेको छ । अभियुक्तहरूलाई थप अनुसन्धानमा लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro