site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
युवती जिस्क्याएको निहुँमा भएको थियो ‘ग्याङ फाइट’, हत्यामा कैँचीको प्रयोग !
प्रतीकात्मक तस्बिर ।

विराटनगर । युवती जिस्क्याएको निहुँमा विराटनगरमा ‘ग्याङ फाइट’ भएको खुलेको छ । सोमबार राति भएको घटनामा एक जनाको हत्या भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका वडा नम्बर २ स्थित नेपाल टेलिकमको कार्यालय नजिकै सोमबार राति दुई समूहबीच हानाहानको स्थिति सिर्जना भएको थियो ।

घटनास्थलमा भेटिएको मोबाइलको आधारमा झगडामा संलग्नहरूलाई पत्ता लगाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज कार्कीले हत्यामा कैँची प्रयोग खुलेको जानकारी दिए । प्रहरीले कैँचीलाई कोसी अस्पताल नजिकैको एक फार्मेसीबाट बरामद गरेको छ ।

Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार कोखमा प्रहार गरिएको कैंचीको चोटका कारण मोरङको कटहरी गाउँपालिका वडा नम्बर १ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको छ । जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूको शरीरमा गहिरो चोट छ । उनीहरू मारपिट भएको ठाउँमा घाइते अवस्थामा फेला परेका थिए । उनीहरूलाई स्थानीयले उपचारका लागि कोसी अस्पताल लगेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानको आधारमा ‘ग्याङ फाइट’मा संलग्न भएको आरोपमा प्रहरीले ताप्लेजुङका १८ वर्षीय निमदावा शेर्पा, भोजपुरका २० वर्षीय सञ्जय गिरी, विराटनगर–११ का २० वर्षीय सोनु गिरी र मोरङको रंगेलीका १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ ।

युवती जिस्क्याएको निहुँमा हत्या !

प्रारम्भिक अनुसन्धानबाट युवती जिस्क्याएको विषयमा दुई समूहबीच विवाद भएको खुलेको छ । घटना भएको अघिल्लो दिन युवती जिस्क्याएको विषयमा विवाद भएको खुलेको मोरङका प्रहरीका एसपी कार्कीले जानकारी दिए ।

“त्यही निहुँमा गिरीलगायतको समूहले कामत समूहलाई बाटो ढुकेर आक्रमणमा उत्रिएको खुल्न आएको देखिन्छ,” उनले भने ।

उनका अनुसार युवती पक्राउ पर्ने समूहको भएको खुलेको छ । “कटहरीको महेशपुरमा युवतीलाई एक समूहका युवाले जिस्क्याएका रहेछन् । अर्को समूहले प्रतिवाद गर्दा विवाद भएको रहेछ,” एसपी कार्कीले भने ।

मृतक र अन्य दुई घाइतेमाथि कैँचीले आक्रमण गरेको पाइएको छ ।

घटनाबारे सुक्ष्मरूपमा अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको खोजीलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरिएको  छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro