site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियन फुटबल टिमको प्रशिक्षकमा हङ म्याङ–बोको पुनरागमन
SkywellSkywell

काठमाडौं । दक्षिण कोरियाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा हङ म्याङ–बोलाई पुनः नियुक्त गरेको छ ।

कोरिया फुटबल एसोसियसन (केएफए)ले पाँच महिनाअघि तत्कालीन मुख्य प्रशिक्षक जर्जेन किग्समनलाई बर्खास्त गरेको थियो । त्यसयता रिक्त रहेको स्थानमा केएफएले सोमबार म्याङलाई ल्याएको हो ।

KFC Island Ad
NIC Asia

दक्षिण कोरियका पूर्वखेलाडी समेत रहेका ह्वाङले राष्ट्रिय टिमबाट १३६ क्याप जितेका छन् । सन् २००२ मा दक्षिण कोरियाले फिफा विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गर्दा ह्वाङ नै टिमको कप्तान थिए । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार ह्वाङले सन् २०२७ को एसियन कपसम्मका निम्ति सम्झौता गरेका छन् ।

यसअघि ५५ वर्षीय ह्वाङले सन् २०१३–१४ मा दक्षिण कोरियाको जिम्मेवारी सम्हालेका थिए । तर, २०१४ मा भएको विश्वकपको समूह चरणबाट बाहिरिएपछि उनले जिम्मेवारी त्यागेका थिए । कोरियन लिगमा उल्सान एचडीलाई लगातार उपाधि दिलाएपछि ह्वाङ राष्ट्रिय टिमको जिम्मेवारीमा आएका हुन् ।

ह्वाङले जर्मन प्रशिक्षक किग्समनको स्थानमा जिम्मेवारी लिनेछन् । एसियन कपको सेमिफाइनलमा जोर्डनसँग पराजित भएपछि केएफएले किग्समनलाई बर्खास्त गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro