site stats
बाह्रखरी :: Baahrakhari
खेल
म्याच फिक्सिङ प्रकरणमा मुछिएका आदिल अन्सारीको निलम्बन फुकुवा
फाइल तस्बिर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले म्याच फिक्सिङमा मुछिएका क्रिकेटर महोम्मद आदिल अन्सारीको निलम्बन फुकुवा गरेको छ ।

यसअघि नेपाल टी–२० का दौरान आदिल खेल मिलोमतो प्रकरणमा संलग्नताको आशंकामा प्रहरी अनुसन्धानमा तानिएपछि क्यानबाट निलम्बनमा परेका थिए ।

Argakhachi Cement Island Ad

दुई वर्षअघि भएको प्रतियोगितामा स्पट फिक्सिङको निष्कर्षसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वक्रिकेटर मेहबुब आलमसँगै अन्सारीलाई पक्राउ गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंले आलम र अन्सारीसँगै नितेश साह गुप्ता, नवीन कँडेल, रवी माझीलाई सफाइ दिएको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्