site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिने तीनजना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित पर्यटन विकास आयोजना इकाइ कार्यालयका इन्जिनियर राजीव बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेका अन्यमा पर्यटन विकास आयोजना इकाइ कार्यालयका सबइन्जिनियरद्वय राजन कुमार भट्टराई र सञ्जय अर्याल छन् ।

Dabur Nepal
NIC Asia

उनीहरूले सेवाग्राहीबाट १७ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो

भट्टराई र अर्यालले निर्माण कार्य सम्पन्नपछि अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो । यसै क्रममा टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले भट्टराई र अर्याललाई सेवाग्राहीबाट १७ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धान गर्दा पर्यटन विकास आयोजना इकाइ कार्यालय, काठमाडौंका इन्जिनियर राजीव बस्नेतको पनि मिलेमतो रहेको पाइएको अख्तियारले जनाएको छ ।

निर्माण सम्पन्नपछि ठेक्काबापतको रकम प्राप्तिका निम्ति सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरूले १७ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro