site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्को प्रत्यक्ष प्रसारण सांकेतिक भाषामा गर्न परियारको माग
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले संसद्को प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाका लागि दोभासे राख्न सरकारसँग माग गरेका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै संसद् परियारले सरकारसँग यस्तो माग गरेका हुन् । उनले संसद्को गतिविधिबाट नेपालका हजारौँ बहिरा समुदाय वञ्चित भएको भन्दै तत्काल संसद्‌मा भएका गतिविधिलाई सांकेतिक भाषाका लागि दोभासे राख्न माग गरे । 

Dabur Nepal
NIC Asia

बहिरा समुदायले सूचना पाउने एक मात्रै आधार सांकेतिक भाषा भएकाले त्यसको व्यवस्था गर्न माग गरेका हुन् । संघीय संसद्‌मा भएका सबै काम कारबाहीहरूबाट बहिरा समुदायहरू विमुख भएको उल्लेख गरे । बहिरा समुदायको पनि नीति निर्माण गर्ने थलो भएकाले संसद्‌मा भएका गतिविधि थाहा पाउनुपर्ने उल्लेख गरे ।

"नेपालमा हजारौँ बहीरा समुदायहरू बसोवास गर्छन् । त्यो समुदायले सूचना पाउने एक मात्रै आधार भनेको सांकेतिक भाषा हो । संघीय संसद्‌मा भएका सबै काम कारबाहीहरूबाट नेपाली बहिरा समुदायहरू विमुख हुनुहुन्छ । संसद्को प्रत्यक्ष प्रसारण र रेकर्डिङ सांकेतिक भाषामा हुने गरेको छैन । नीति निर्माण गर्ने थलो संसद्‌मा भएका गतिविधिबाट बाहिर छन् । त्यसले गर्दा संसद्‌मा सांकेतिक भाषा दोभासे राख्न सरकारसँग माग गर्दछु," उनले भने । 

परियारले प्रतिनिधिसभामा पारित भइसकेको बजेटको सम्बन्धमा राष्ट्रियसभामा छलफल गर्नुको कुनै उपादेयता नभएको स्पष्ट पारे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro