site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविको पार्टीबाट रास्वपाको छुट्टै अस्तित्व खडा गर्न महामन्त्री ढकालले ल्याए सय दिने प्रस्ताव 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले सय दिनमा पार्टीलाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाउने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । 

जारी केन्द्रीय समिति बैठकमा आफूलाई प्रस्तुत गर्न नदिएको प्रस्तावमा उनले रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्न के गर्ने ? भन्ने सय दिने प्रस्ताव पेस गरेका हुन् । त्यसका लागि दुई हप्ता तयारी गर्ने र त्यसपछि सभापति र उपसभापतिबाहेकका केन्द्रीय समिति सदस्यहरू दुई हप्ता गुप्तवासमै जानुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले गुप्तवासका क्रममा महामन्त्रीको राय राख्ने भन्दै निर्णय गर्ने अधिकार भने केन्द्रीय सदस्यहरूमा रहने बताएका छन् । “पार्टीको विधानको पालना कसले गराउने ? पार्टीको विधान पालना नभए के गर्ने ? पार्टीको संगठनात्मक ढाँचा कस्तो हुने ? पार्टीको तर्फबाट हने निर्वाचनका लागि उमेदवार छनोट कसरी गर्ने ?,” लगायत विषयमा छलफल गुप्तवासमा हुनुपर्ने धारणा उनको छ । 

उनले सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै २०८९ को चुनावसम्म कुनै पनि लाभको पद अर्थात् सांसद, मन्त्री वा कुनै पनि प्रकारको सरकारी लाभमा नबस्ने घोषणा पनि गरेका छन् ।

 

1-1719991153.jpg

2-1719991153.jpg

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro