site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २० र २१ गते 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ यही असार २० र २१ गते हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट प्रधानविरुद्धका उजुरी र उनको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरिएको हो ।

संवैधानिक परिषद्‌बाट सिफारिस भएका प्रधानमाथिको सुनुवाइ गर्ने मिति तय गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिशमशेर जबराले जानकारी दिए । “निर्वाचन आयुक्तका लागि प्रस्तावित व्यक्ति प्रधानमाथिको सुनुवाइ गर्ने सचिवालयको प्रस्तावलाई परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु,” उनले भने ।

Agni Group
NIC Asia

असार २ गते संवैधानिक परिषद्ले नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानलाई रिक्त निर्वाचन आयुक्त पदमा सिफारिस गरेको थियो । असार ७ गते उनीविरुद्ध उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरिएको थियो ।

निर्वाचन पर्यवेक्षकका रूपमा समेत काम गरिसकेका प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय