site stats
बाह्रखरी :: Baahrakhari
देश
कहाँ–कहाँ हुँदै छ भारी र धेरै भारी वर्षा ?
फाइल तस्बिर ।

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज पनि धेरै स्थानमा वर्षाको सम्भावना छ । केही स्थानमा भारी र धेरै भारी वर्षाको पनि सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतयादेखि पूर्णतया बदली छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । 

लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । देशभरका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्