site stats
बाह्रखरी :: Baahrakhari
देश
कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध
गुल्मीमा पहिरोको दृश्य । फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बुलिङटार गाउँपालिका–१, बतासेडाँडा र गौँडामा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

मंगलबार (असार १७) बिहान करिब ७ बजे उक्त दुई स्थानस्थित सडकखण्डमा पहिरो खसेको हो । सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्