site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंसहित यी नौ जिल्लामा आज बाढीको जोखिमको सम्भावना ‘उच्च’
फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार १७) पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना उच्च छ । यी जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संखुवासभा, रसुवा, कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, दार्चुला, डोटी, डडेलधुरा र बैतडी भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना ‘मध्यम’ औँल्याइएको छ । 

ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ र जाजरकोट भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको सामान्य जोखिमको पूर्वानुमान छ ।

कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै तर बढ्दो रहने महाशाखाको पूर्वानुमान छ । कर्णाली, पश्चिम सेती र महाकाली नदी जलाधारका जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

b1-1751342068.jpg
 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्