site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘श्रमाधान रोजगार मेला’बाट साढे १४ हजारलाई रोजगारी !
Siddhartha BankSiddhartha Bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ले राम्रो नतिजा दिएको बताएको छ ।

श्रम मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालले ४१ हजार ३२५ जनाले मेलाको अवलोकन गरेको जानकारी दिए ।

उनका अनुसार मेलामा सहभागीमध्ये १७ हजार ९२१ जनाले रोजगारीका लागि आवेदन दिएका छन् । तीमध्ये १४ हजार ७८८ आवेदकलाई रोजगारीको अवसर वा प्रतिबद्धता आएको छ ।

Agni Group
NIC Asia

श्रममन्त्री डोलप्रसाद अर्यालले यी रोजगारीको प्रतिबद्धता गर्ने रोजगारदाताको विवरण रहेको बताउँदै यसलाई फलोअप गरिने बताए ।

Shram-Rojgar-1719747970.jpeg
 

Global Ime bank

सातै प्रदेशमा आयोजना गरिएको मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३२२ वटा स्टल राखिएका थिए । मेलामा विभिन्न शीर्षकमा ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो ।

संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ संघ संस्थासँग सहकार्य गरिएको मेलाका संयोजकसमेत रहेका रिजालले बताए ।

उनका अनुसार मेलाको कुल बजेट ९३ लाख ६ हजार ९६३ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रुपैयाँ खर्च भएको छ । बाँकी रकम बचत छ ।

मन्त्रालयले गत जेठ १७ गते ३० गतेसम्म सातवटै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको थियो ।

आठ उत्कृष्ट उद्यमी पुरस्कृत

श्रम मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरिरहेका आठ उत्कृष्ट उद्यमीलाई पुरुस्कृत गरेको छ । आइतबार मन्त्रालयले एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट उद्यमीलाई नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

वैदेशिक रोजगारीबाट फर्केका युवालाई मुलुकमा नै रोजगारीका अवसरहरू सिर्जना गर्न प्रेरित गर्न मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारबाट फर्केर नेपालमा उद्यम गरेका उद्यमीलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ ।

सम्मान तथा पुरस्कारका लागि सार्वजनिकरूपमै उद्यमीबाट आवेदनको माग गरिएको थियो । इमेलमार्फत ८९ जना उद्यमीले पुरस्कारका लागि आवेदन दिएका थिए ।

उद्यमीलाई सम्मान गर्दै श्रममन्त्री अर्यालले एकपटक वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुकभित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए ।

त्यस्तै, मन्त्री अर्यालले मिटर ब्याजमा कर्जा लिएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरिने पनि बताए ।

Utkrishta-Krishak-1719747970.jpeg
 

झापाका चन्द्रप्रसाद बस्नेतले उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । उनले पुरस्कारबापत एक लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

यसैगरी, गुल्मीका रविलाल पन्थ, झापाका मोहनप्रसाद संग्रौला, जुम्लाका टक्कबहादुर नेपाली, कन्चनपुरका चन्द्रसिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापाले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरे । उनीहरूलाई पुरस्कारबापत जनही ७५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय