site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा मेरो हो : झलनाथ खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफ्नो भएको जिकिर गरेका छन् ।

एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा आइतबार उनले एमालेको नवौँ महाधिवेशनमा आफूले उक्त नारा प्रयोगमा ल्याएको बताए । 

“समृद्ध नेपाल, सुखी नेपालीको नारा नवौँ महाधिवेशनमा मैले ‘क्वाइन’ गरेको हो । अहिले केही साथीहरू त्यसको नारा लगाएर हिँडेका छन्,” उनले भने ।

सम्मानित नेता खनालले महाधिवेशनबाट सकेसम्म सहमतिका साथ नेतृत्व चयन गर्न प्रस्ताव पनि गरे ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro