site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बढी बोल्दा अप्ठ्यारो भयो : रवि लामिछाने

काठमाडौं । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले बढी बोल्दा अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा आइतबार उनले यस्तो बताएका हुन् ।

“पछि जन्मिएकोले ठूलो कुरा गर्नु हुँदैन । दिग्गज व्यक्तिहरूको अघि ‘छोटी मुख बढी बात’जस्तो हुन्छ । बढी बोल्ने भएकाले केही अप्ठ्यारो पर्दै आएकोले ध्यान दिनुपर्ने भएको छ,” उनले भने ।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले लोकतन्त्रमा खतरा भए जनताले जोगाइदिन्छन् भन्दै नेताहरूले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए । “लोकतन्त्रमा खतरा छ भने हामीबाट छ, जनताबाट छैन,” उनले भने ।

राष्ट्रिय सहमति गरेर अघि बढ्न कसले रोक्यो भन्ने प्रश्न गर्दै उनले थपे, “हामी सबैको भाषणमा जनताको चिन्ता छ, तर व्यवहारमा चिन्ता देखिँदैन । जनजीविकाको मुद्दामा एक हुनसक्छौँ ।”

उनले रास्वपा भर्खरै जन्मिएको राजनीतिक दल भए पनि संविधान र यसका व्यवस्था स्वीकार गरिसकेको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro