site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बीएन्डबी अस्पतालमा एकैदिन तीन बिरामीको रोबोटबाट सर्जरी 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ललितपुरको बीएन्डबी अस्पतालमा एकैदिन तीनवटा रोबोटिक सर्जरी गरिएको छ । ल्याप्रोस्कोपिक सर्जन तथा आईभीएफ विशेषज्ञ डा. नुतन शर्माले रोबोटबाट तीन महिलाको एकैदिन शल्यक्रिया गरेकी हुन् । 

शल्यक्रियाबाट ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको अण्डाशय र अर्की ३४ वर्षीया महिलाको पाठेघरको ट्युमर निकालिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

डा. शर्मालाई भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डा. लीना मेहरोटाले अनलाइन अनुगमनमार्फत् सहयोग गरेकी थिइन् । रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । “यो मेरो करिअरको महत्त्वपूर्ण क्षण त हो नै, त्यसमाथि देशमै पहिलो रोबोटिक सर्जरी गर्ने सफलताको रेकर्ड हामीले राख्नु अर्को गर्वको विषय भयो” डा. शर्माले भनिन् । 

robot2-(1)-1719727004.jpg
 

Global Ime bank

उनका अनुसार रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्नसक्छ । यसले गर्दा जटिलताको जोखिम घटाउने र शल्यक्रिया परिणाम सुधार हुन्छ । साथै, न्यून चिरफार हुने हुँदा बिरामीहरूलाई पीडा खासै हुँदैन र घाउ अनि खत पनि धेरै रहँदैन ।  

रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगको शल्यक्रियामा पनि प्रयोगमा ल्याइने डा. अस्पतालका सहायक निर्देशक निरज वैद्यले बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय