देश

काठमाडौं । कास्कीको मार्दी खोला सतर्कता तह पार भएको छ । आइतबार साँझ कास्कीस्थित मार्दी खोला लाहाचोक जलमापन केन्द्रमा सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
"असार १५, साँझ ५स्३० बजे । कास्की जिल्लास्थित मार्दी खोला लाहाचोक जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ," विभागले सूचनामार्फत भनेको छ ।
प्रकाशित मिति: आइतबार, असार १५, २०८२ १८:०६
प्रतिक्रिया दिनुहोस्