site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–४, लालपुरमा आइतबार चट्याङ लागेर महिलाको मृत्यु भएको हो । चट्याङ लागेर अन्य दुई महिला घाइते भएका छन् ।

खेत रोपिरहेको अवस्थामा चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका–११, उरहरि घर भइ माइत आएकी ४५ वर्षीया सीता थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । 

चट्याङ  लागेर बेहोस भएकी थारूलाई उपचारका लागि भेरी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । चट्याङ लागेर राप्ती सोनारी गाउँपालिका–४ लालपुरकी १५ वर्षीया गरिमा थारू र २४ वर्षीया निर्मला थारू घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्