site stats
बाह्रखरी :: Baahrakhari
देश
मोहन बस्नेतलाई २५ लाख धरौटी हुने आदेश
फाइल तस्बिर ।

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश भएको छ ।

आइतबार विशेष अदालतले टेरामक्स खरिद प्रकरणमा बस्नेतलाई धरौटीमा छोड्न आदेश गरेको हो । 

आइतबार विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि आदेश जारी गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रकरणमा बस्नेतलाई जेठ १ गते विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर भएको थियो । 

510298929_1257245746061229_5370468269999504301_n-1751208311.jpg

513085998_1072271828172904_8029353905122712927_n-1751208312.jpg

513061955_1288966245982771_7636554310276188694_n-1751208311.jpg

 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्