site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
उर्वरा उत्सवमा सुनिए कविता

काठमाडौं । राष्ट्रिका साहित्य प्रतिष्ठानले उर्वरा उत्सव आयोजना गर्दै कविता वाचन कार्यक्रम गरेको छ । आइतबार काठमाडौंमा आयोजित उत्सवमा विभिन्न कविहरूले आफ्ना कविता वाचन गरे । 

उत्सवमा साझा प्रकाशनका अध्यक्ष कवि शेखर गिरी, कविहरू श्रीबाबु कार्की, मनोजादित्य न्यौपाने, गोकुल अधिकारी, देवेन्द्र केसी, एलिसा ढुंगाना, सुषमा आचार्य, त्रिभुवनचन्द्र वाग्ले, डा. शान्तिमाया गिरी, डा. सिर्जना शर्मा, मुकुन्द पौडेल, निर्मलरमण पराजुली, सुमन वर्षा, प्रदीप सापकोटा, माधव विडारी, ऋषभदेव गौतम, प्रार्थना खनाल जोशीले असार झल्काउने खालका कविता र गीतहरू वाचन गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा प्रमुख अतिथि देउडा गायक नन्दकृष्ण जोशीले सुदूरपश्चिम र कर्णाली क्षेत्रमा असार १५को सांस्कृतिक महत्त्व रहेको चर्चा गर्दै असार मासले कर्म गर्नुपर्छ भन्ने दर्शाएको बताए । उनले केही देउडा असारे भाका गाएर सुनाउँदै सुदूर र कर्णालीका सांस्कृतिक पक्षमाथि पनि साहित्यकारहरूले कलम चलाउनुपर्नेमा जोड दिए ।

उक्त अवसरमा साहित्यकारहरू वियोगी बुढाथोकी, श्रीओम श्रेष्ठ रोदन, राजेन्द्र केसी, शंकर भारतीलगायतले असारको कर्मशीलता र साहित्यमाथि बोले । प्रतिष्ठानका अध्यक्ष घिमिरेले केही अवधि गुप्तवासझैँ देखिए पनि अब संस्थाले विविध कार्यक्रमहरूलाई अगाडि बढाउने बताए । 

 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्