site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रथी सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधानसेनापतिले जवाफ दिनुपर्छ : प्रभु साह 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपाली सेनाका रथी अशोकराज सिग्देलको उमेर विवादको सम्बन्धमा रक्षामन्त्री र प्रधानसेनापतिले जवाफ दिनुपर्ने बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै साहले नेपाली सेनाको आगामी नेतृत्वको रूपमा लिइएका रथी सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्माले जवाफ दिनुपर्ने बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेपाली सेनाको छवि निस्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि रथीको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्‍याएको उनको भनाइ छ । रथीमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने उनले बताए । 

सांसद साहले भने, “नेपालीले गौरव गर्ने नेपाली सेनाको छवि निस्कलंकित हुनुपर्छ । निर्विवादित हुनुपर्छ । उदाहरणीय हुनुपर्छ । दुनियाँले नेपालको गौरव गराउने नेपाली सेनाको छविमाथि आँच पुर्‍याउने जसले जुन ढंगले हर्कत गरेका छन्, त्यो सकारात्मक होइन । यसरी विवादित कुराहरू बाहिर आइराख्दा सम्बन्धित निकायले किन स्पष्ट गर्दैन ? हामी जान्न चाहन्छौँ । माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौँ । यसरी देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाई चुप लाग्न मिल्दैन । समाचारको कुरा सुन्ने हो भने प्रधानसेनापतिले अशोकराज सिग्देलको बारेमा संसदीय समितिको सुनुवाइमा उहाँले जो कुरा बोलिराख्नु भएको थियो, आज पत्रपत्रिकाले पुरै प्रमाणसहित खण्डन गरिराख्दा सेनापतिजीले केही बोल्नुपर्छ कि पर्दैन ? सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन ? नेपाली सेनाको इमेजमाथि जसरी प्रश्न उठिरहेको छ, नेपालीहरुको इमेजको प्रश्न हो । सेनाहरुको मनोबलको प्रश्न हो । यसरी विषयहरु आइदिने सकारात्मक होइन । जे छ त्यो विषय स्पष्ट आउनु जरुरी छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय