site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले पनि अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

शनिबार आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेपछि रोहितले सन्न्यासको घोषणा गरेका हुन् । यसअघि भारतीय टिमका ओपनर विराट कोहलीले पनि अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो मेरो पनि अन्तिम ट्वान्टी–२० खेल थियो । यो संरचनालाई छोड्ने योभन्दा राम्रो समय अरु हुन सक्दैन । मैले यही संरचनाबाट भारतीय क्रिकेट टिममा सुरुआत गरेको थियो । यो मेरो चाहना थियो, म उपाधि जित्न चाहन्थे,” खेलपछि रोहितले भने ।

शनिबार भएको विश्वकप फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध सात रनको जित निकाल्दै भारतले १७ वर्षपछि विश्वपको उपाधि जितेको थियो । भारतले यसअघि सन् २००७ मा पहिलोपटक ट्वान्टी–२० विश्वकपको उपाधि जितेको थियो ।

Global Ime bank

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितले भारतबाट १५९ खेल खेलेका छन् । यस दौरान रोहितले चार हजार २३१ रन बनाएका छन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक (पाँचपटक) प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि रोहितकै नाममा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय