site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साविक विजेता इटालीलाई स्तब्ध पार्दै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा

काठमाडौं । साविक विजेता इटालीलाई २–० ले स्तब्ध बनाउँदै स्वीट्जरल्यान्ड युरो–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति जर्मनीको ओलम्पियास स्टाडियोनमा भएको खेलमा ६८ हजार १७२ जना समर्थकमाझ स्वीट्जरल्यान्डलाई जित दिलाउन रेमो फ्रेउलर र रुवेन भर्गसले गोल गरे ।

खेलको ३७औँ मिनेटमा फ्रेउलरले गोल गरेपछि स्वीट्जरल्यान्डले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । यस्तै, ४६औँ मिनेटमा भर्गसले गोल गर्दै स्वीस टिमको अग्रता दोब्बर बनाएका थिए । यसपछि थप गोल नहुँदा स्वीट्जरल्यान्डले साविक विजेतालाई निराश बनाउँदै अन्तिम–८ को यात्रा तय गरेको हो ।

प्रतियोगितामा स्वीट्जरल्यान्ड समूह ‘ए’ को उपविजेता र इटाली समूह ‘बी’ को उपविजेताको रुपमा प्रि–क्वार्टरफाइनल आएका थिए ।

स्वीट्जरल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्नेछ ।

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro