राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष पद थप्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।
अब वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन् । सचिव सातदेखि ९ जनासम्म हुने जनाइएको छ ।
त्यस्तै, बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने निर्णय गरेको छ ।
एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ ।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ १६:५७
प्रतिक्रिया दिनुहोस्