राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को जारी सचिवालय बैठकमा आउँदो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पद थप्ने विषयमा छलफल भइरहेको छ । यसअघि पार्टीमा वरिष्ठ उपाध्यक्ष पद थिएन ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा केन्द्रीय सदस्यको संख्या बढाउने विषयमा पनि छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिए । विधानमा १५१ केन्द्रीय कमिटी रहने व्यवस्था छ । त्यसलाई बढाएर २९९ सदस्यीय बनाउनेबारे छलफल भइरहेको हो ।
"वरिष्ठ उपाध्यक्ष पद थप्ने र केन्द्रीय सदस्यको संख्या बढाउनेबारे बैठकमा छलफल भइरहेको छ, निर्णय भने हुन बाँकी छ," ती पदाधिकारीले भने ।
एकीकृत समाजवादीको महाधिवेशन यही असार १६–२० मा काठमाडौंमा हुँदै छ ।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ १६:०३
प्रतिक्रिया दिनुहोस्