site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विप्रेषणबाट प्राप्त भएको रकम उत्पादनको क्षेत्रमा लगाऔँ :  सांसद दाहाल

काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले अर्थतन्त्र सुधार्न प्रतिबद्धता र योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले सरकारले वर्तमान अर्थतन्त्रमा आएको मन्दी र शिथिलतालाई समाधान गर्न गहिरो प्रतिबद्धता र योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताएकी हुन् । 

सरकार, सहकारी र निजी क्षेत्रको बीचमा सन्तुलन र समन्वय हुन आवश्यक रहेको भन्दै उनले कर असुलीलाई प्रोत्साहन गर्दै नियन्त्रण गर्ने र कर वृद्धिको लागि दायरा विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिइन् । 

“नेपाल सरकारले वर्तमान अर्थतन्त्रमा आएको मन्दी र शिथिलतालाई समाधान गर्नको निम्ति गहिरो प्रतिबद्धता, योजना र कार्यान्वयनको आवश्यकता छ । अर्थतन्त्र तीन खम्बे अर्थनीति सरकार, सहकारी र निजी क्षेत्रको बीचमा सन्तुलन र समन्वय हुन आवश्यक छ,” उनले भनिन् ।   

विप्रेषणबाट प्राप्त भएको रकमलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने उनको भनाइ छ । निजी क्षेत्रको लगानीलाई आकर्षण गर्नको निम्ति उद्योग स्थापनामा सहजता प्रदान गर्नुपर्ने भन्दै उनले लगानीमैत्री वातावरण बनाउँदै अघिल्ला सरकारले अघि सारेका सकारात्मक योजनाहरुलाई निरन्तरता दिनुपर्ने बताइन् । 

वाह्य क्षेत्र वा अन्तर्राष्ट्रिय क्षेत्रका लगानी कर्ता उद्योगी, आप्रवासी नेपालीलाई पुँजीको सुरक्षा र विश्वासिलो वातावरण बनाइ आकर्षण गर्ने नीति लिनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro