site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस् : सांसद पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले त्यो प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले अघिपछि विस्तारै काम गर्ने र आर्थिक वर्ष सकिने बेलामा बिल फछर्यौट लागि छिटोछिटो काम सम्पन्न गर्ने गरिएको भन्दै त्यस प्रकारको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । यस्तो प्रवृत्ति अन्त्यका लागि सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराए । 

Dabur Nepal
NIC Asia

सांसद पौडेलले विपद् पूर्वतयारीमा सरकारको काम अपूर्ण रहेको भन्दै स्रोत, साधन र जनशक्तिको पर्याप्त व्यवस्थासहितको तयारी गर्न आग्रह गरे । राजनीतिक दलका कार्यकर्ताहरूलाई पनि विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्ने उल्लेख गरे । 

"असारे विकासको चर्चा दिनहुँ चल्ने गर्छ । अहिले बजेट पास हुने, अर्को सालको असारमा काम गर्ने, निर्माण व्यवसायीले पैसा नपाएको गुनासो गर्दै हिँड्ने र सम्बन्धित शीर्षकमा विनियोजन भएको बजेट छिटोभन्दा छिटो काम सम्पादन गरेर बिल फछर्यौट  गर्नुपर्ने यो प्रणालीको अन्त्य गर्नको निम्ति सम्बन्धित मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु," उनले भने । 

सांसद पौडेलले गृह मन्त्रालयले घटना हुनासाथ तत्काल उद्धार गर्न सकिने व्यवस्था गर्नुपर्ने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro