राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको आकार बढाउने तयारी गरेको छ । यही असार १६–२० मा काठमाडौंमा हुने महाधिवेशनबाट विधानमा प्रस्तुत गरिएको संख्या बढाउने तयारी भएको हो ।
पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले विधानमा उल्लेख भएको भन्दा केन्द्रीय कमिटीको आकार बढ्ने जानकारी दिए । पार्टीको विधानमा १५१ सदस्यीय कमिटी चुनिने उल्लेख छ । अहिले केन्द्रीय सदस्य ३५० जना रहेको जनाइएको छ ।
“विधानमा उल्लेख भएकोभन्दा केन्द्रीय कमिटीको आकार बढ्छ । ३०० जनाको हाराहारीमा केन्द्रीय कमिटी चुनिने सम्भावना छ” खतिवडाले बाह्रखरीसँग भने ।
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१ १२:५६
प्रतिक्रिया दिनुहोस्