site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अफगानिस्तानविरुद्ध नौ विकेटको जितसहित दक्षिण अफ्रिका विश्वकपको फाइनलमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपको पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको सहज जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार टारोउबामा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत गरेको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण अफ्रिकाको जितमा रिजा हेन्ड्रिक्स र कप्तान आइदेन मार्करमले अविजित क्रमशः २९ र २३ रन थपे । ओपनर क्विन्टन डी कक भने पाँच रनमा पभेलियन फर्किएका थिए ।

अफगानिस्तानका लागि एकमात्र विकेट फजलहक फारुकीले लिए ।

Global Ime bank

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै समेटिएपछि दक्षिण अफ्रिकाले ५७ रनको सामान्य लक्ष्य पाएको थियो ।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले १० रन जोडे । यसबाहेक, अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।

अफगानिस्तानलाई झिनो योगफलमा रोक्न दक्षिण अफ्रिकाका मार्को जान्सेन र तबरेज साम्सीले समान तीन विकेट लिए । कगिसो रबाडा र एनरिक नोर्ट्जेको नाममा समान दुई विकेट रह्यो ।

दक्षिण अफ्रिकाले अब विश्वकपको उपाधिका निम्ति भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल पनि आज राति नै हुने तालिका छ । प्रतियोगितामा दक्षिण अफ्रिका सुपर–८ को समूह–२ को विजेता र अफगानिस्तान भने समूह–१ को उपविजेताको रुपमा सेमिफाइनल आएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय