site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा जंगली च्याउ खाँदा एक सातामा तीन जनाको मृत्यु, १६ बिरामी

मनहरी । जंगली विषालु च्याउ खाँदा मकवानपुरमा एक साताभित्र तीन जनाको मृत्यु भएको छ । अन्य १६ जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार मृत्यु हुनेमा कैलाश गाउँपालिका नामटार बस्ने विनोद लामाका चार वर्षीय छोरा दिपेश लामा, सोही स्थानकी २५ वर्षीया निरुमाया रुम्बा र राक्सिराङ गाउँपालिका–७ दुगुवाङका ५५ वर्षीय बलबहादुर प्रजा रहेका छन् ।

Argakhachi Cement Island Ad

उनका अनुसार असार ३ गते जंगली च्याउ खाएर बिरामी परेका बालक लामा र रुम्बाको चितवनस्थित सीएमसी अस्पतालमा उपचार भइरहेकामा आर्थिक अभावका कारण परिवारले आफू खुसी घर लगेको र उनीहरूको असार ८ गते घरमै मृत्यु भएको हो ।

यस्तै, जंगली च्याउ खाएर बिरामी परेका प्रजाको पनि भरतपुर अस्पताल चितवनमा सोही दिन मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिरामी परेकामध्ये आठ जना उपचारपछि घर फर्किएको र अन्यको सामान्य अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा बर्खा लागेसँगै जंगलमा च्याउ निस्कने गर्दछन् । विषालु च्याउ नचिन्नाले मानिसको मृत्युसमेत हुने गरेकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्