site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपराष्ट्रपति र राष्ट्रियसभाका अध्यक्ष एउटै व्यक्ति बनाउने सांसदको प्रश्नमा प्रधानमन्त्रीले दिए यस्तो जवाफ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको खर्च घटाउने विषयमा एउटा समझदारी बनाएर जान सकिने बताएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद रघुजी पन्तले चालु खर्च घटाउनलाई उपराष्ट्रपति र राष्ट्रियसभा अध्यक्ष एउटै व्यक्ति बनाउने कुरामा प्रधानमन्त्रीको विचार के छ भनी प्रश्न गरे । त्यस्तै, राष्ट्रपतिका सल्लाहकार घटाउन कानुन ल्याउने विषयमा प्रधानमन्त्रीको धारणा सोधेका थिए । 

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले पनि राष्ट्रियसभाको अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिँदा के हुन्छ भनि प्रश्न गरेकी थिइन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने “उपराष्ट्रपति, राष्ट्रपति कार्यालयको खर्चसम्बन्धी एउटा समझदारी बनाएर जान सकिन्छ । तर, अहिले नै त्यसलाई बदल्न सक्ने स्थिति छैन ।”

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro