site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
०१५ सालदेखिका संसदीय गतिविधिलाई वेबसाइटमा राखौँ : बर्तौला
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले ०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो माग गरेका हुन् ।

नेपालको संसदीय अभ्यास ०१५ सालदेखि सुरु भएको उनले उल्लेख गरे । त्यो बेलादेखिका संसदीय गतिविधिको अभिलेख आन्तरिक रूपमा भए पनि सर्वसाधारणको पहुँचमा नरहेको उनले बताए ।

संसद्को शून्य समयमा सांसद बर्तौलाको भनाइ पढ्नोस्–
नेपालको संसदीय अभ्यास २०१५ बाट सुरु भयो । २०१५ सालदेखिका अभिलेख आन्तरिक रूपमा होला, तर पब्लिक डोमेनमा आएन । अहिलेसम्म हेर्दा विभिन्न खालका संसद्का अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पुर्‍याउन सकेका छैनौँ । आज सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । संसद्का समग्र गतिविधिहरूलाई वेबसाइटमार्फत सजिलै हेर्न सकिने गरी पब्लिक डोमेन्टमा ल्याउन माग गर्न चाहन्छु । २००८ देखिका राजपत्र खोज्दा भेट्न सक्छौँ । २०१३ सालदेखि पत्रिका भेट्न सक्छौँ । देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा हेर्ने हो भने भेट्न सकिन्छ । मन्त्रिपरिषद्का निर्णयहरू पनि समरीका रूपमा भेट्न सक्छौँ । तर, संसद्को समग्र गतिविधिलाई व्यवस्थित ढंगमार्फत राखिएको अवस्था छैन । व्यवस्थित गर्न माग गर्दछु । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro