विदेश
पेरिस । फ्रान्सको पेरिसस्थित एनिमल पार्कमा ‘जग्गिङ’ गरिरहेका बेला ब्वाँसोको आक्रमणबाट घाइते भएकी महिलालाई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
फ्रेन्च मिडियाका अनुसार, ३६ वर्षीया ती महिला आइतबार बिहान थोइरी पार्कमा ब्वाँसोको आक्रमणबाट घाइते भएकी थिइन् । तीन ब्वाँसोले उनका घाँटी, ढाड र खुट्टामा टोकेका बताइएको छ ।
उक्त पार्क पेरिसबाट ४० किमि पश्चिममा छ । ती महिला ‘कार वन्ली’ लेखिएको सफारी क्षेत्रमा कसरी पुगिन् भन्ने खुलेको छैन । बीबीसीबाट ।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ १०:२२
प्रतिक्रिया दिनुहोस्