site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रोकिएन स्वास्थ्य बिमा दर्ता सहयोगीको आन्दोलन, कसरी होला माग सम्बोधन ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । देशभरका करिब आठ हजार स्वास्थ्य बिमा दर्ता सहयोगी जेठयता आन्दोलनमा छन् । संघर्ष समिति बनाएर उनीहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । बिमा बोर्डको कार्यालयमा प्रदर्शनका क्रममा असार ६ गते प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो ।

सरकारले आफ्नो सेवा सुविधाबाट १५ प्रतिशत कर काट्न लागेकोमा उनीहरूको असन्तुष्टि छ । दर्ता सहयोगीका माग सम्बोधन गर्न संसद्‌मा समेत आवाज उठिरहेको छ ।

स्वास्थ्य बिमा नियमावली, २०७५ मा दर्ता सहयोगीलाई नियममितरूपमा बिमा बोर्डले कुनै तलब सुविधा उपलब्ध नगराउने तर प्रोत्साहन रकम भने प्रदान गर्ने व्यवस्था छ । तर, कुल जनसंख्याको कार्यक्रममा बिमित संख्याको प्रतिशतका आधारमा सुविधा उपलब्ध गराउने उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जसमा ५० प्रतिशतभन्दा कम जनसंख्या भए दर्ता सहयोगीलाई १० प्रतिशत ५० देखि ८० प्रतिशत जनसंख्या भए १२.५ प्रतिशत र ८० वा सोभन्दा बढी भए १५ प्रतिशत रकम उनीहरूले आफूहरूले विगत ११ महिनादेखि पाउनुपर्ने सुविधा रकम उपलब्ध गराउने व्यवस्था छ ।

संघर्ष समितिकी संयोजक गंगा सुवेदी बिमाकर्ताको योगदान तीन हजार ५०० रुपैयाँको १० प्रतिशत रकमबाहेक आफूहरूले कुनै सुविधा नपाएको बताउँछिन् ।

Global Ime bank

त्यसमा पनि यही आर्थिक वर्षदेखि सरकारले १५ प्रतिशत कर काट्ने भन्दै पत्राचार गरेपछि आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । अघिल्ला आर्थिक वर्षहरूमा  सहयोगीको सुविधा रकमबाट १ प्रतिशत सामाजिक सुरक्षा कोषबापतको रकममात्रै काटिँदै आएको थियो ।

महालेखाले बेरुजु देखाएको भन्दै बोर्डले १५ प्रतिशत कर कट्टा गर्ने परिपत्र गरेको उनले बताइन् ।

“नियमावली र करारनामामा पनि १५ प्रतिशत कर कट्टा गर्नेबारे उल्लेख छैन । यसरी कानुनविपरीत कर काट्न पाइँदैन,” सुवेदीले भनिन्। 

संघर्ष समितिले शुक्रबार स्वाथ्य बिमा बोर्डमा ज्ञापनपत्र बुझाउँदै माग सम्बोधनका निम्ति सात दिनको अल्टिमेटम दिएको छ । माग सम्बोधन नभए सशक्त आन्दोलनमा जाने संघर्ष समितिको चेतावनी छ ।

बिमा दर्ता सहयोगीको मुद्दा यतिखेर सदनसम्मै पुगेको छ । आइतबार प्रतिनिधिसभामा नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेलले उनीहरूका माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

बैठकको आकस्मिक समयमा बोलेका उनले असार ६ गते स्वास्थ्य बिमा बोर्डले उनीहरूलाई प्रहरी बोलाएर डन्डा बर्साएको भन्दै आपत्ति जनाएका थिए ।

“माग सुनियोस्, वार्ता गरियोस् । ६ गते भएको घटनाको दोषीलाई कारबाही गरियोस् । घाइतेका उपचारको व्यवस्था सरकारले गरोस्,” पोख्रेलले भने ।

दर्ता सहयोगीलाई सरकारले न्याय दिनुपर्ने उनको जोड छ । 

hio-1719251121.jpg
 

के भन्छ बोर्ड ?

स्वास्थ्य बिमा बोर्डले दर्ता सहयोगीका माग सम्बोधन गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । सहयोगीलाई छुट्टै तलब सुविधाको व्यवस्था नभएकाले १५ प्रतिशत व्यक्तिगत आयकर काटिनु ठूलो विषय भएको बोर्डको ठहर छ ।

बोर्डकी सूचना अधिकारी ओमकुमारी कडेलका अनुसार १५ प्रतिशत आयकर काट्नुपर्नेमा चालु आर्थिक वर्षसम्म १ प्रतिशतमात्रै काटिँदै आएको छ । १४ प्रतिशत कर नकाट्दा बोर्डको आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षणमा दर्ता सहयोगीका नाममा झन्डै तीन करोड रुपैयाँ बेरुजु देखिएको छ । 

तर, दर्ता सहयोगीलाई प्रोत्साहन रकममा वृद्धि गरी चालु आर्थिक वर्षदेखि कानुनी सुधारको प्रक्रियासमेत थालेको कडेल बताउँछिन् ।

“बोर्डले दर्ता सहयोगीलाई न्याय हुने गरी सुविधाको व्यवस्था गर्ने पहल पनि गरिरहेको छ । १५ प्रतिशत करका बारेमा समेत अर्थसँग छलफल भइरहेको छ,” कडेलले भनिन् ।

बिमा नियमावलीमा सुविधाको व्यवस्था संशोधन गरेर अघि बढ्ने बोर्डको जोड रहेको उनको भनाइ छ । 

बोर्डको तथ्यांकमा देशभर आठ हजार बिमा दर्ता सहयोगी छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय