site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गरियोस् : सांसद कंसाकार 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गरेकी छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालमा अहिले पनि १० लाख ८१ हजार बालबालिका श्रममा रहेका  बताइन् । त्यसमध्ये दुई लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य रहेका उनको भनाइ छ । उनले बालश्रम रोक्न स्थानीय तहको भूमिका निकै महत्त्वपूर्ण भए पनि स्थानीय तहहरूले चासो नदेखाएको बताइन् । 

“नेपालमा अहिले पनि १० लाख ८१ हजार बालबालिका श्रममा छन् । त्यसमध्ये दुई लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य छन् । हामीले संविधान र विभिन्न कानुनमार्फत यसलाई रोक्न खोजे पनि यसले सार्थकता पाउन सकेको छैन । बालश्रम रोक्न स्थानीय तहको भूमिका निकै महत्त्वपूर्ण भए पनि स्थानीय तहहरूले यसप्रति चासो देखाएको देखिँदैन,” सांसद कंसाकारले भनिन् । 

उनले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई भोलिका दिनमा फेरि काममा फर्किने अवस्था आउन नदिन बालबालिकाको लागि उचित व्यवस्था गर्नुपर्ने बताइन् । 

‘विभिन्न बहानामा बालबालिकालाई आर्थिक प्रलोभन देखाइ जोखिमयुक्त काममा लगाउनेलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्दछु,” उनले भनिन्, ‘बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई भोलिका दिनमा फेरि काममा फर्किने अवस्था आउन नदिन बालबालिकाको लागि उचित व्यवस्था गर्दै, शिक्षा, स्वास्थ्य मनोरञ्जन, पोषणयुक्त खानासहितको बालबालिकाको अधिकारको सुनिश्चितता गर्न यस सदनमार्फत सरकारको ध्यनाकर्षण गराउन चाहन्छु ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro