site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद पौडेलको प्रश्न– देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ‘देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ?’ भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरूले आफूले भनेको नमानेको बताएको उल्लेख गर्दै ‘योभन्दा लज्जास्पद कुरा के हुन्छ ?’ भन्दै प्रश्न गरे ।

उनले सरकार अराजकतातिर गइरहेको जिकिर गरे । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसद्‌मा रहेको भन्ने र रक्षामन्त्री हरि उप्रेतीले आइतबार दिएको अभिव्यक्ति पदीय मर्यादाअनुरूप नरहेको उनले बताए ।

मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गरेको उनको भनाइ थियो ।

संसद्को शून्य समयमा सांसद प्रदीप पौडेलको भनाइ पढ्नोस्–
केही दिनअघि गृहमन्त्रीज्यूले विदेशीलाई सूचना बेच्ने व्यक्ति यही संसद्‌मा रहेको अभिव्यक्ति दिनुभयो । हिजो मात्रै रक्षामन्त्रीज्यूले प्रश्नहरूको उत्तर दिने सन्दर्भमा जे अभिव्यक्तिहरू राख्नुभयो, त्यो उहाँको पदीय मर्यादाअनुरूप छ भन्ने मलाई लाग्दैन । बजेट आयो, सबैभन्दा बढी बजेट भएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयदेखि सबैभन्दा कम बजेट भएको ज्येष्ठ नागरिकमन्त्रीसम्म आफ्नो हात जगन्नाथ भनेको जस्तै आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट लैजानुभयो । सरकारले संसद्लाई असाध्यै हेपेको छ । यो अवस्थामा प्रधानमन्त्रीज्यू भन्नुहुन्छ– मेरो निर्देशन कसैले मान्दैन । प्रधानमन्त्रीय पद्धतिमा योभन्दा लज्जाजनक कुरा के हुनसक्छ ? म सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु– सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो । यो देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? जवाफ चाहन्छु । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro