site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनै दिन हल्कादेखि भारी वर्षाको सम्भावना, मंगलबार धेरै वर्षा हुने 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आगामी तीन दिन वर्षा हुनेछ । कोसीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा आजसँगै मंगलबार र बुधबार पनि वर्षा हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि केही स्थानमा वर्षा भइरहेको छ । कोसी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानमा साथै गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । 

मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । 

यसैबीच, गएराति सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण मेलम्ची नदीको जलसतह बढेको छ । त्यसैले नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा आज वर्षा हुनेछ । “काठमाडौंका आज वर्षा हुनेछ । दिउँसो र राति नै वर्षा हुनेछ,” मौसमविद् सरोज पुडासैनीले भने, “हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।” 

उनका अनुसार काठमाडौंमा मंगलबार र बुधबार पनि वर्षाको सम्भावना छ । 

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । 

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । 

विभागका अनुसार राति कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थानमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

बुधबार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

राती कोसी, मधेस, वाग्मती प्रदेशका धेरै स्थानमा गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । 

हाल कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव छ । बाँकी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro