site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको महाधिवेशन : आर्थिक संकलन गर्न सांस्कृतिक कार्यक्रम गरिँदै
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन प्रचार तथा आर्थिक संकलनका लागि सोमबार सांस्कृतिक साँझ आयोजना हुने भएको छ ।

पार्टी निकट जनसांस्कृतिक महासंघले राष्ट्रिय नाचघरमा आयोजना गर्ने सांस्कृतिक साँझमा राष्ट्रिय कलाकारहरूको सहभागितामा विभिन्न गीत, नृत्य तथा सांगीतिक रचना प्रस्तुत गर्न लागिएको महासचिव ऋषि अधिकारीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

यही असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महाधिवेशनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्ने कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतको हभागिता रहनेछ । त्यहाँ विभिन्न जातजाति तथा भाषा, मौलिक संस्कृतिका गीत र नृत्य प्रस्तुति हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा पार्टीको महाधिवेशनका लागि आर्थिक सहयोग संकलन गरिने महासचिव अधिकारीले जानकारी दिए ।

तत्कालीन नेकपा (एमाले)सँगको विभाजनपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलोपटक गर्न लागेको महाधिवेशनमा महासंघका तर्फबाट १५ जनाले प्रतिनिधिका रूपमा सहभागिता जनाउँदै छन् । पार्टीले देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट गरिसकेको यसअघि नै जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro