site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मापसे गरेर आउने सांसदलाई ६ महिना  निलम्बन गर्न माग 
फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले संसद्‌मा मादकपदार्थ सेवन गरेर आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका छन् । 

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । केही दिनअघि प्रतिनिधिसभा बैठकमा एक महिला सांसदले पुरुष सांसद मादकपदार्थ सेवन गरी संसद्‌मा आएको कुरा उठाएको भन्दै उनले संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन काम गर्ने सांसदलाई ६ महिनाको निलम्बन गरिनुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

“प्रतिनिधिसभामा महिला सांसदले पुरुष एकजना सांसद संसद्‌मा रक्सी खाएर आउनुहुन्छ भन्नुभयो । यदी त्यसो हो भने कारबाही हुनुपर्छ । संसद्को अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन नहोस् । त्यस्तो कार्य भए ६ महिनाको निलम्बन हुनुपर्छ,” उनले भने । 

उनले बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउन नितान्त आवश्यक रहेको बताए । सांसद बस्नेतले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलब नबढाउने भन्ने कुरा जायज नरहेको बताए ।  उनले वन अतिक्रमण भएकोबारे सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro