site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लिखित सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीको चेतावनी, प्रदर्शन जारी 
फाइल तस्बिर

काठमाडौं । तलब, अतिरिक्त भत्तालगायत सेवा सुविधा वृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले आन्दोलन जारी राखेका छन् ।  सरकार आफूहरूको मागप्रति गम्भीर नभएको भन्दै उनीहरूले आइतबार संसद् भवन नयाँबानेश्वरमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आफ्ना मागका बारेमा छलफल भए पनि लिखित सहमति नभएसम्म आन्दोलन जारी रहने उनीहरूले बताएका छन् । 

संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त समय काम लगाएबापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै कर्मचारी आन्दोलनमा छन् ।

कर्मचारीहरूको निरन्तरको आन्दोलनपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल भएको थियो । छलफलपछि कर्मचारीको मागबारे सहजीकरण गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी रहेका छन् । समितिले एक दुई दिनभित्रै कर्मचारीसँग छलफल गरेर निष्कर्ष निकाल्ने कानुनमन्त्री गिरीले जानकारी दिए । 

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसहित सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन र कानुनमन्त्री पदम गिरी सहभागी थिए । कर्मचारीको आन्दोलनका कारण संसदका गतिविधिहरू प्रभावित हुँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro