site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार परिवर्तनका लागि अंकगणित कि संवैधानिक प्रक्रिया प्रमुख ?

काठमाडौं । कोसी प्रदेशको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । गत जेठ ३१ मा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासमा सुनुवाइ भएको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो । 

सोही इजलासमा आइतबार (आज) सुनुवाइ सुरु भएको हो । यही इजलासले फैसला दिनेगरी सुनुवाइ प्रक्रिया अघि बढेको छ । कोसी प्रदेशमा संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्तावसमेत नराखी नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि तत्कालीन मुख्यमन्त्री कार्की सर्वोच्च गएका थिए । 

उनले आफूविरुद्ध अविश्वास प्रस्ताव नआएको, राजीनामा नदिएको र पदमुक्त हुने अन्य आधार पनि केही नभएको अवस्थामा नयाँ मुख्यमन्त्री नियुक्ति भएको भन्दै कार्कीले अन्तरिम आदेश माग गरेका थिए । तर, सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले गम्भीर संवैधानिक प्रश्नको जवाफ खोज्नु आवश्यक भएको भनेर प्रश्न उठाए पनि अन्तरिम आदेश नदिएपछि अन्तिम फैसलामै आदेश हुनेगरी सुनुवाइ अघि बढेको हो ।

संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री बनेका कार्कीविरुद्ध अविश्वास प्रस्ताव लैजाने आधार नभएपछि सत्तारूढ दलहरूले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत वा राजीनामा दिन दिन तोकेर प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गरेका थिए । त्यही संकल्प प्रस्तावले तोकेको मितिमा विश्वासको मत लिने प्रक्रिया अघि नबढाएको भन्ने प्रदेशसभाको पत्रका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तत्कालीन मुख्यमन्त्री कार्कीले आफू पदमा बहाल रहेकै बखत प्रदेश प्रमुखले अर्को व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरी असंवैधानिक भूमिका निर्वाह गरेको भन्दै रिटमा प्रदेश प्रमुखको बर्खास्ती पनि मागेका छन् । उनले संविधानको धारा १६९ अनुसार मुख्यमन्त्री पदमुक्त हुने चार अवस्था नभई फरक बाटोबाट मुख्यमन्त्री नियुक्त भएपछि कोसीमा अंकगणित र संविधानको विवाद देखिएको हो । 

एमाले माओवादीसहितका दलले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्री सिफारिस गरेपछि प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका छन् । तर, मुख्यमन्त्री हटाउन आवश्यक पर्ने संवैधानिक व्यवस्था र संसदीय प्रक्रिया भने पूरा भएको छैन । त्यसैले सर्वोच्चबाट आउने फैसलाले सरकार निर्माणका लागि अंकगणित वा संवैधानिक प्रक्रिया कुन महत्त्वपूर्ण हुन्छ भन्ने निर्क्योल गर्ने छ । यसबाहेक संविधानको धारा १६८(५) अनुसारको सरकार पटक–पटक परिवर्तन हुन सक्छ वा सक्दैन भन्ने व्याख्या पनि सर्वोच्चले गर्ने छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro