site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
फाइल तस्बिर ।

खाँदबारी (संखुवासभा) । संखुवासभाको मकालु गाउँपालिका–६, सागसेवामा आएको बाढीपहिरोले २४ घर परिवार विस्थापित भएका छन् ।

एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढीपहिरोले २४ घर उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । उच्च जोखिममा परेका ती परिवारहरूलाई आफन्तको घरमा सुरक्षित स्थानान्तरण गरिएको उनले बताए । बाढीपहिरोले मानवीय क्षति भने भएको छैन ।

क्षतिको विवरण संकलनको काम भइरहेको प्रजिअ खड्काले जानकारी दिए । उनका अनुसार खोल्साको बाढीले सडकसमेत बगाएको छ । भोटखोला गाउँपालिका–४ मा पर्ने लामाबगर माथिबाट आएको पहिरोले करिब ३० मिटर सडक बगेको छ । सोही स्थानमा रहेको खाल्डे खोला माथिबाट आएको पहिराले ३५ मिटर सडक पुरेको प्रजिअ खड्काले बताए । रासस

 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २१:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro