site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाले नयाँ पार्टी खोलेको औचित्य पुष्टि गर्नुपर्छ : मन्त्री गिरी
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीले मुलुकको हितमा खरो रुपमा उत्रिएर नयाँ पार्टी खोलेको औचित्य पुष्टि गर्न सक्नुपर्ने बताएका छन् । 

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौमा आयोजित चियापान समारोहमा बोल्दै मन्त्री गिरीले रास्वपाले देश र जनताको हितमा काम गर्ने, मुुलुकको स्वाधिनताका पक्षमा काम गर्ने र राष्ट्र हितमा खरो रूपमा उत्रेर रास्वपा स्थापनाको औचित्य पनि पुष्टि गर्न आवश्यक रहेको बताए । 

उनले रास्वपाले यस्तो गर्न नसके परम्पराकै निरन्तरता हुने बताए । उनले पार्टी स्थापना भएको दुई वर्ष मात्रै भएकाले रास्वपाले राजनीतिमा नतिजा दिने समय बिस्तारै आउने बताए । 

‘रास्वपाले स्थापना मनाउनु खुसीको कुरा हो । लोकतन्त्रमा यस्ता पार्टीहरु जन्मेर जनताको सेवामा निष्ठापूर्वक सर्मपित हुने कुराले राम्रो सन्देश दिन्छ । स्थापना भएको दुई वर्ष भएको हुनाले रास्वपाले राजनीतिमा नतिजा दिने समय आउँदै छ । देश जनताको हितमा काम गर्ने, मुुलुकको स्वाधिनताका पक्षमा काम गर्ने र राष्ट्र हितमा खरो रूपमा उत्रन सक्यो भने रासपाको औचित्व पनि पुष्टि हुन्छ । नत्र परम्पराकै निरन्तरता हुन्छ,” मन्त्री गिरीले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro