site stats
बाह्रखरी :: Baahrakhari
देश
माल्टा पठाउने भन्दै ठगी गर्ने केशवराज जोशी पक्राउ
प्रतीकात्मक तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले केशवराज जोशीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भन्दै ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा जोशीलाई पक्राउ गरेको हो ।

शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बबरमहलबाट पक्राउ गरेको कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।

वैदेशिक रोजगार विभागको पत्राचार पछि उनी पक्राउ परेका हुन् । जोशीलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्