देश

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई दिइएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायब महानिरीक्षक घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।
साथै, सोही सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई सह–प्रहरी प्रवक्ता तथा सूचना अधिकारी तोकिएको उक्त सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ १९:१०
प्रतिक्रिया दिनुहोस्